"अतिरिक्त कृयाकलाप" समूहका सम्पूर्ण सामाग्री तथा पोस्टहरु हेर्न
यहाँ क्लिक गर्नुहोस्
2/16/2025
1/24/2025

कक्षा १-५ मा सम्झना खेल र कक्षा ६-१० मा निबन्ध लेखन प्रतियोगितामा लिइएको केही तस्बिरहरू
प्रथम पटक प्रकाशित : Friday, January 24, 2025
श्री खड्गकाली मावि, चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ माघ ११ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ मा सम्झना खेल र कक्षा ६-१० मा निबन्ध लेखन प्रतियोगिता सञ्चालन भएको थियो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸 🌺🌹🥀
1/17/2025

२०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलापको केही तस्बिरहरू
प्रथम पटक प्रकाशित : Friday, January 17, 2025
श्री खड्गकाली मावि, चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ मा तातो आलु खेल र कक्षा ६-१० मा सरसफाइ कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸 🌺🌹🥀
12/03/2024

कुर्सी दौड र सटपुट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै
प्रथम पटक प्रकाशित : Tuesday, December 03, 2024
खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८१ मंसिर १४ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ को कुर्सी दौड प्रतियोगिता प्रथम स्थान हाँसिल गर्न सफल कक्षा २ का छात्रा इच्छा मल्ल, छात्रा सटपुट प्रतियोगितामा कक्षा ६-८ बाट प्रथम हुन सफल कक्षा ७ का छात्रा टिमायाँ नेपाली र कक्षा ९-१० बाट प्रथम हुन सफल कक्षा १० का छात्रा सृष्टि खाँण लगायत छात्र सटपुट प्रतियोगितामा कक्षा ६-८ बाट प्रथम हुन सफल हिरा थापा र कक्षा ९-१० बाट प्रथम हुन सफल हर्षित सारु र निरज गुरुङलाई विद्यालयले पुरस्कृत गरिँदै ।
11/25/2024

नृत्य कार्यक्रमको रिपोर्टिङ र साप्ताहिक प्रतिभा प्रस्फुटनको केही तस्बिरहरु
प्रथम पटक प्रकाशित : Monday, November 25, 2024
गत मिति २०८१ मंसिर ७ गते सम्पन्न अतिरिक्त कृयाकलाप अन्तर्गको नृत्य प्रतियोगिताको रिपोर्टिङ गर्दै कक्षा ८ कि छात्रा इस्मी मल्ल र साप्ताहिक प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत कविता बाचन गर्दै कक्षा १० कि छात्रा आशी सिहं 💓💓
6/15/2024

फूलबारीमा फूल रोप्दै खड्गकाली मा.वि. का विद्यार्थीहरु
प्रथम पटक प्रकाशित : Saturday, June 15, 2024
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा मिति २०८१ जेठ ३२ फूलबारीमा फूलहरु रोप्दै गर्दा लिइएको विद्यार्थीहरुको केही तस्बिरहरू ❤️